९ जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा पहिलो इण्डिपेण्डेन्स डे खुल्ला नगद राशि फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा आयोजन गरिने यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइनेछ। स्थानीय सोरेंग खेल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात ३० जुलाईमा हुनेछ भने फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५ लाख र रनर-अप् हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा टुर्नामेण्टका सर्वश्रेष्ठ खेलाड़ीलाई हीरो एक्स पल्स २०० बाईक पुरस्कारमा प्रदान गरिनेछ। टुर्नामेण्टलाई केन्द्र गरेर जर्सी अनावरण कार्यक्रमको पनि आयोजन गरिने आयोजकहरूले बताएका छन्।