२७ अगस्तः इटालियन सेरि ए फूटबलमा एसी मिलानले लगातार दोस्रो जीत हासिल गऱ्यो। एसी मिलानले शनिवार राति आफ्नो होम ग्राउण्ड सान सिरोमा ६० प्रतिशत पोजेशनको साथ खेल्दै तोरिनोलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनुभवी फरवर्ड ओलिविएर गिरोडले ४३औं र ६५औं मिनटमा पेनल्टीबाट २ गोल गरे। यसबाहेक क्रिस्टियन पुलिसिचले ३३औं र थिओ हर्नाण्डेजले मध्यान्तरअघि स्टपेज टाइममा गोल गरे।

यसरी तोरिनोबाट पेर सुर्सले ३६औं मिनटमा गोल गरे। यसरी नै भेरोनाले जीतको लय कायम राख्दै रोमा विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचमा भेरोनाका खेलाड़ी इसाक हिएनलाई ८४औं मिनटमा रेड कार्ड देखाइयो। सेरि ए-का अन्य म्याचहरूमा फ्रोसिनोनले अटलाण्टालाई २-१-ले अनि मोञ्जाले एम्पोलीलाई २-०-ले पराजित गऱ्यो। सेरि ए टेबलमा अहिले एसी मिलान शीर्ष स्थानमा रहेको छ। यसरी भेरोना दोस्रो स्थानमा छ। यी दुवै टीमसँग ६-६ पोइण्ट्स छ गोल अन्तरको आधारमा एसी मिलान शीर्ष स्थानमा छ।