ला लीगाः सेविले हारे पनि रियल म्याड्रिड विजयी

IMG-20230827-WA0127.jpg

२७ अगस्तः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडले जीत हासिल गरे पनि सेविलेले हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने रियलले जीतको निम्ति निक्कै संघर्ष गर्नु पऱ्यो। अन्तमा युवा जुड बेलिंघमले ८१औं मिनटमा दिलाएको गोलले रियल म्याड्रिडलाई विजयी बनायो। यस जीतको साथै रियल म्याड्रिड ३ वटा म्याचमा ९ पोइण्ट्स लिएर ला लीगा टेबलको शीर्ष स्थानमा पुग्यो।

यसबीच गिरोनाले सेविलेलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट यांगेल हेरेराले १६औं र एलिक्स गार्सियाले ५६औं मिनटमा गोल गरे। सेविलेबाट नीमाञ्जा गुडेजीले मध्यान्तर अघि स्टपेज टाइममा गोल गरे। ग्रानाडाले मालोर्कालाई ३-२-ले पराजित गऱ्यो। काडिज र अल्मेरियाबीच म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement