प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको रोमाञ्चक जीत

IMG-20230827-WA0120.jpg

२७ अगस्तः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा म्यानचेष्टर युनाइटेडले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले नटिंघम फरेष्टलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा युनाइटेडले ३ मिनट ४७ सेकेण्डभित्रै २ गोल खाएको थियो तर टीमले असाधारण पुनरागमन गर्दै अन्तमा दशजना खेलाड़ीमा सीमित नटिंघम फरेष्ट विरुद्ध जीत दर्ता गऱ्यो। म्याचमा केवल ३३ प्रतिशत पोजेशनको साथ खेल्ने नटिंघम फरेष्टको शुरुवात असल रह्यो अनि ताइवो एवोनियिले दोस्रो मिनटमै टीमलाई गोल दिलाए। त्यसको दुई मिनट पनि हुन नपाइ विली बोलीले अझ एक गोल गर्दा होम टीम २ गोलले पछाड़िन पुग्यो। चरम दबाउबीच क्रिस्टियन एरिक्सेनले १७औं मिनटमा म्यानचेष्टर युनाइटेडलाई म्याचको पहिलो गोल दिलाए। त्यसपछि कासेमिरोले ५२औं मिनटमा गोल गरी युनाइटेडलाई २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि ६७औं मिनटमा नटिंघम फरेष्टका डिफेण्डर जो वोर्राललाई रेड कार्ड देखाइयो। विपक्षी टीम दशजना खेलाड़ीमा सीमित भएको फाइदा उठाउँदै म्यानचेष्टर युनाइटेडले ७६औं मिनटमा ब्रूनो फर्नाण्डेजले पेनल्टीबाट गरेको गोलको सहायताले म्याच जित्यो।
यसबीच टोटनह्याम हट्स्परले बोर्नमाउथलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा टोटनह्यामबाट जेम्स मेडिसनले १७औं र डेजान कुलुसेवस्कीले ६३औं मिनटमा गोल गरे। यसरी नै आर्सनल चाहिँ फूलह्याम विरुद्ध २-२-को ड्र-मा रोकियो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा पहिलो मिनटमै गोल खाए पनि आर्सनललाई बुकायो साका (७०औं मिनट, पेनल्टी) र एडी एनकेतिआह (७२औं मिनट)-ले एक समय २-१-को बढ़त दिलाएका थिए तर जोआओ पालहिन्हाले ८७औं मिनटमा गोल गरी फूलह्यामलाई २-२-को बराबरीमा पुऱ्याए। म्याचमा फुलह्यामका खेलाड़ी केल्विन बास्सेलाई ८३औं मिनटमा रेड कार्ड देखाइयो। अन्य म्याचहरूमा वूल्भ्सले एभर्टनलाई १-०-ले पराजित गऱ्यो जबकि ब्रेण्टफोर्ड र क्रिस्टल प्यालेसबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement