वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपःयूलिमर रोजासले ट्रिपल जम्पमा चौथोपल्ट खिताब जितिन्

IMG-20230826-WA0338.jpg

२६ अगस्तः भेनेजुएलाकी ट्रिपल जम्प एथलीट यूलिमर रोजासले हंगेरीको बुडापेस्टमा जारी वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको ट्रिपल जम्प स्पर्धामा आफ्नो छैटौं तथा अन्तिम प्रयासमा १५.०८ मीटरको जम्प लगाएर लगातार चौथो विश्व खिताब जितिन्। टोक्यो ओलम्पिकको स्वर्ण पदक पनि जोड़ियो भने साल २०१७ पछि उनले प्रमुख ५ च्याम्पियनशीपमा शीर्ष स्थान हासिल गरेकी छन्। खिताब जितेपछि रोजासले भनिन्, म अहिले धेरै खुशी छु। आफ्नो अन्तिम प्रयासमा खिताब जित्नु यादगार रह्यो। यस स्पर्धामा युक्रेनकी मरीना बेख-रोमनचुकले दोस्रो स्थान हासिल गरिन्। उनले आफ्नो देशको निम्ति बुडापेस्टमा पहिलो पदक जितिन्। क्यूबाकी लियानिस पेरेज हर्नाण्डेजले यस स्पर्धामा काँस्य पदक हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement