विम्बल्डनः नोरी विरुद्ध जीतको साथ जोकोविच फाइनलमा, किर्गियोससँग भिड़न्त हुने

IMG-20220709-WA0091.jpg

९ जुलाईः सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको फाइनलमा स्थान बनाए। फाइनलमा उनको सामना अष्ट्रेलियाई खेलाड़ी निक किर्गियोससँग हुनेछ। शुक्रवार राति खेलिएको सेमिफाइनल म्याचमा जोकोविचले ब्रिटेनका क्यामरन नोरीलाई २-६, ६-३, ६-२, ६-४-ले पराजित गरे। विम्बल्डनमा पुरुष एकलको फाइनल आइतवार खेलिनेछ। सेमिफाइनलमा नोरीले शीर्ष वरीयता प्राप्त जोकोविच विरुद्ध असल शुरुवात गर्दै पहिलो सेट जितेका थिए तर टेनिस जगतमा जोकरको नामले चिनिने जोकोविचले रहल समयमा नवौं वरीयता प्राप्त नोरीलाई कुनै मौका दिएनन्। जोकोविचले रहल तीनवटा सेट सजिलै जितेर फाइनलमा स्थान पक्का गरे। दुई खेलाड़ीबीच यो म्याच अढ़ाई घण्टासम्म चल्यो।
अब विम्बल्डन टेनिस च्याम्पियनशीप २०२२-को फाइनलमा ओर्लिँदा जोकोविचको नजर महान खेलाड़ी रोजर फेडररलाई पछि छोड़्नुमा रहनेछ। जोकोविचले अहिलेसम्म आफ्नो करियरमा २० वटा एकल ग्राण्ड स्ल्याम खिताब जितेका छन्। यसैकारण आइतवार फाइनलमा जीत हासिल गर्न सके जोकोविचको २१ वटा मेजर खिताब हुनेछ अनि उनी फेडररलाई पछि छोड़्न सफल हुनेछन्। अहिले फेडररको नाममा पनि २० वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ। पुरुष एकलमा सर्वाधिक ग्राण्ड स्ल्याम जित्ने रेकर्ड स्पेनिश स्टार रफायल नडालको नाममा रहेको छ। उनले २२ वटा खिताब जितेका छन्। नडाल यसपाली पनि विम्बल्डनको सेमिफाइनलमा पुगेका थिए तर चोटले गर्दा उनी टुर्नामेण्टबाट बाहिर भए। यसैकारण नडालले नखेल्ने फसेला गर्दा किर्गियोसले जोकोविचसँग खिताबी लड़ाइँमा हिस्सा लिने अधिकार हासिल गरे। किर्गियोस पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement