गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज तिब्बती सांसदका तीन जना सदस्यहरूसँग भेट गरे। राजभवनमा भएको यस भेटको क्रममा तिब्बती संसदका सदस्यहरूले आफ्ना ह्रदयका इच्छाहरू व्यक्त गर्दै ६४ वर्षदेखि तिब्बती समुदायलाई प्रदान गरिएको अटुट सहयोगको लागि भारत सरकारप्रति गहिरो कृतज्ञता व्यक्त गरे। उनीहरूको समृद्ध संस्कृति र इतिहासको महत्त्वपूर्ण संरक्षणको बारेमा पनि छलफल गरेको बताइएको छ। राज्यपालले, भारत र तिब्बतीहरू बीचको गहिरो सम्बन्धलाई प्रकाश पार्दै तिब्बती जनताको कल्याणको लागि भारतको जिम्मेवारीमाथि जोड दिए। राज्यपाले उनीहरूलाई भविष्यमा गरिने सबै पहलहरूको निम्ति शुभकामना दिएका छन्।