टासी नामग्याल एकाडमीमा तेस्रो हिमालयन स्वीमिङ मिट आयोजित

IMG-20230826-WA0310.jpg

गान्तोक: सिक्किम अमेच्युर स्वीमिङ एसोसिएशनको तत्वावधानमा आज गान्तोकस्थित टासी नामग्याल एकाडमी परिसरमा एक दिवसीय तेस्रो हिमालयन स्वीमिङ मिट आयोजना गरियो। आजको प्रतिस्पर्धामा उत्तर पुर्वीय राज्यहरुबाट सिक्किमसँगै मेघालय, आसाम, पश्चिम बंगालका २६ वटा स्कूल कलेज र स्वीमिङ एकाडमीहरुबाट १३० भन्दा अधिक खेलाडीहरुले भाग लिएका थिए। आजको कार्यक्रम पहिलो र दोस्रो चरणमा आयोजना गरिएको थियो। पहिलो सत्रमा प्रमुख अतिथिको रुपमा विधायक आदित्य गोले उपस्थित रहेका थिए जो यस तेस्रो हिमालयन स्वीमिङ मिटका प्रमुख संरक्षक पनि हुन्। यसरी नै दोस्रो सत्रमा सिक्किम सरकारका सामाजिक न्याय तथा कल्याण तथा महिला तथा बाल विकास विभागीय मन्त्री संजित खरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यसरी नै खेलकुद तथा युवा मामिला विभागीय मन्त्री साम्दुप लेप्चा साथै संस्कृति, मुद्रण तथा लेखन सामाग्री विभागीय मन्त्री विष्णुकुमार खतिवडा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

आजको कार्यक्रमबारे पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा विधायक एवं प्रमुख संरक्षक आदित्य गोलेले राज्यका युवाहरुमा अन्य खेलसँग‌ै स्वीमिङमा पनि धेरै रुचि रहेको कारण उनीहरुलाई प्रेरणा दिने उद्देश्यले साथै सिक्किमदेखि बाहिरका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेर स्थानीय खेलाडीहरुमा प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यले यस मिट आयोजना गरेको बताए। अन्य खेलहरुसँगै स्वीमिङलाई पनि राज्यमा अघि बढाएर लैजानको लागि भविष्यमा स्वीमिङ एकाडमी पनि बनाउने योजना रहेको कुरा बताए। यसको निम्ति अघिबाटै सरमसा क्षेत्रमा आधिकारिक रुपमा जमिनको लागि अनुमोदन पाइसकेको बताउँदै सिक्किम सरकारको तर्फबाट यसको लागि बजटको आवण्टन हुनको साथै राज्यमा राम्रो स्वीमिङ एकाडमी बनाउने योजनालाई कार्यान्वयन गर्ने मन्तव्य पोखे। सिक्किम अमेच्युर स्वीमिङ एसोसिएसनका महासचिव छितेन लेप्चाले जानकारी दिए अनुसार आजको यस स्वीमिङ खेललाई सव जुनियर, जुनियर र ओपन गरेर तीनवटा वर्गमा विभाजन गरेर तैराकी खेलको आयोजना गरिएको थियो। हिमालय क्षेत्रबाट धेरै तैराकहरु जन्माउने उद्देश्यले यस्तो खेलको आयोजना गरिएको र आगामी सेप्टेम्बर महिनामा सिक्किममा नै १७ओैं स्वीमिङ च्याम्पियनसिप आयोजना गरिने जानकारी सिक्किम अमेच्युर स्वीमिङ एसोसिएसनका सभापति कुबेर भण्डारीले गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement