रेष्टुरेन्टमा आगलागी, क्षेत्रमा सनसनी

IMG-20230826-WA0228.jpg

जलपाईगुडी: एक रेस्टुरेन्टमा आगलागी हुँदा इलाकामा सनसनी मच्चिएको छ। शनिबार रेस्टुरेन्टको ग्यास पाइपमा आगलागी भएको थियो। यो घटना मालबजारको राष्ट्रिय राजमार्ग नम्बर ३१ मा दरिविजा पुलको छेउमा भएको हो। दारिविजा क्षेत्रको एक रेस्टुरेन्टमा खाना पकाउने क्रममा ग्यासको पाइप फुटेको हो। आगलागी तीव्र गतिमा क्षेत्रमा फैलिएको थियो।

घटनास्थलमा मैनागुडी दमकलका कर्मचारी पुगेर निकै प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। दुर्घटनामा लाखौं रुपियाँको क्षति भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement