रोहिणीमा पनि मतिगढा घटनाको विरोधमा रैली

IMG-20230826-WA0283.jpg

खरसाङ: आज खरसाङको रोहिणी कोठीडाँडाका सम्पूर्ण जनताद्वारा मातिगढ़ामा भएको जघन्य अपराध तथा गोर्खे चेली तथा छात्रामाथि निर्मम हत्या गरिएको विरोधमा प्रतिवाद रैलीको आयोजना गरिएको छ। उक्त रैलीमा जनताद्वारा गोर्खे नाबालिगको हत्यारालाई फाँसीको सजाय दिनुपर्छ भनी मांग गरेका छन्। यसको साथै रोहिणीको कोठीडाँड़ा क्षेत्रमा गरिएको उक्त विरोध रैलीमा स्थानीयरूले भाग लिन्दै हत्याराले कठोर सजाय पाउनु पर्ने मांग गरेका छन्।

रैलापछि स्थानीयहरूले मैनबत्ती बालेर नाबालिगको चिर आत्माले शान्ति पाऊन् भनी प्रार्थना पनि गरेका थिए। उक्त विरोध रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सुन्दर राईले नाबालिगको हत्याले पहाड़ तराईको हामी सबैको आँखा रसाएको छ र हत्याराले कठोर सजाय पाउनुपर्छ भनी बताएका छन्।

उनले हाम्रो गोर्खे चेलीको निर्मम हत्या भएको र हत्याराले कठोर सजाय पाउनुपर्छ अनि फाँसीको सजाय हुनुपर्छ भनी बताएका छन्।

About Author

Advertisement