सिलगढीको प्रतिवाद जुलुसमा भाजपा पहाड़को पदाधिकारीहरूको सहभागिता

IMG-20230826-WA0273.jpg

सिलगढी गोर्खाको किपट हो: सोनाम लामा

सिलगढी: सिलगढीको मतिगढ़ामा भएको हत्यो प्रतिवादमा आज सिलगढीमा भाजपाले प्रतिवाद रैलीको आयोजना गरेको थियो। उक्त रैलीमा दार्जिलिङको भाजापा सांसद राजु विष्ट र दार्जिलिङका विधायक निरज जिम्बा पहाड़का भाजपा पदाधिकारीहरू विशेष रूपमा उपस्थित रहेका थिए। उक्त विरोध रैलीलाई सम्बोधन गर्दै सांसद राजु विष्टले यत्रो ठूलो घटना भएर पनि राज्यकी मुख्यमन्त्रीको कुनै बयान आएन कारण एकजना हिन्दुकी छोरीको हत्या भएको छ भनी आरोप लगाएका छन्। उनले यस घटनाको अपराधीलाई पुलिस प्रशासनले बचाउन खोजेको पनि आरोप लगाएका छन्।

यसै रैलीमा भाग लिन्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले सिलगढी गोर्खाको किपट हो। यो हाम्रो हो तर बाहिर बाहिरबाट आएर सिलगढीलाई अशान्त गर्न खोजेको आरोप लगाए। उनले गोर्खा चेलीको हत्यामा पहाड़ तराई डुवर्स एक भएर अघि आएको बताउँदै पहाड़मा डाकिएको बन्दमा जनताले साथ दिएकोमा दार्जिलिम, बिजनबारी, सोनादा, खरसाङ, मिरिक, कालेबुङ सबै क्षेत्रका जनतलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement