कालचिनी: सेफ ड्राइभ सेभ लाइफको आज छैठौँ बर्षगाँठको अवसरमा आज बाराबिसा ट्राफिक गार्डको आयोजनामा बाराबिसा ट्राफिक चौपतिमा एउटा सचेतना कार्यक्रम साथै हेलमेट वितरण कार्यक्रम सम्पन्न गरिएको जानकारी बाराबिसा ट्राफिक गार्डको प्रभारी लाक्पा लामाले दिएका छन्।
आज सो अवसरमा बाराबिसा ट्राफिक गार्डको पक्षबाट हेलमेट नलगाई सवार हुने मोटरबाइक सवारहरूलाई रोक्दै सेफ ड्राइभ सेभ लाइफको सचेतना साथै हेलमेट प्रदान गरिएको थियो।

यसै अवसरमा आज बाराबिसा बालिका विद्यालयको छात्राहरूलाई ट्राफिक सचेतना पनि गराउँदै मिठाई वितरण गरिएको ट्राफिक गार्डको प्रभारी लाक्पा लामाले जनाएका छन्।