खरसाङ: मतिगढ़ामा भएको घटनालाई लिएर खरसाङको मन्टिभियट चियाबारीमा रहेको देवराली स्पोर्टिङ क्लबको आयोजनामा मोमबत्ती रैलीको आयोजना गरिएको छ। मतिगढ़ामा नाबालिगमाथि भएको निर्मम हत्याको विरोधमा उक्त मैमबत्ती रैली मन्टिभियट चियाबारी क्षेत्रमा गरिएको थियो। उक्त मैनबत्ती रैलीपछि सबैले एक एकवटा मैनबत्ती बालेर नाबालिगलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। उक्त मैनबत्ती रैलीमा उपस्थित सबैले नाबालिगको हत्याको भर्त्सना जनाएका थिए भने हत्याराले कड़ा सजाय पाउनु पर्ने मांग गरेका थिए।

उक्त मैनबत्ती रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रणय रोकाले मतिगढ़ाको घटनाको भर्त्सना जनाउन साथा हत्याराले कड़ा सजाय पाउनु पर्ने मांग गरेको बताएका छन्। उनले हाम्रो चेलीहरू नेपाली होस् या अनेपाली कि कुनै पनि जात धर्मको होस् सबै चेलीहरू सुरक्षित रहनुपर्छ भनी बताएका छन्। उनले घटनाको आरोपीले कड़ा सजाय पाउनुपर्छ साथै कानुन र प्रशासनप्रति विश्वास रहेको पनि बताएका छन्।