इसरोका वैज्ञानिकहरुसँग भेट गरेपछि भावुक बने प्रधानमन्त्री मोदी

00-1-PM-Modi-2-1

बेंगलुरु: प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान बेंगलुरुमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को कमाण्ड सेन्टर पुगे। जहाँ उनले चन्द्रयान–३ टोलीका वैज्ञानिकहरुसँग भेट गरे। यस क्रममा प्रधानमन्त्री मोदी भावुक भए। भावुक हुँदै उनले आफू जतिसक्दो चाँडो भारत आएर उनीहरूलाई भेट्न चाहेको बताए। ४५ मिनेटको सम्बोधन गरेपछि उनी भावुक बने। उनले भने, ‘म दक्षिण अफ्रिकामा थिएँ र त्यसपछि ग्रीसमा कार्यक्रममा गएको थिएँ। मेरो मन पूरै तपाईहरूसित जोडिएको थियो। म तपाईंहरू अघि नतमस्तक हुन चाहन्थें, अनि भारत आएपछि भेट्न चाहन्थेl’ प्रधानमन्त्री मोदीले भारत चन्द्रमामा रहेको बताएका छन्। उनले भने, ‘हाम्रो राष्ट्रिय गौरव चन्द्रमामा छl’ उनले चन्द्रयान-३ मिशनको सफलता भारतको अन्तरिक्ष कार्यक्रमको इतिहासमा असाधारण क्षण भएको बताए। उनले भने, ‘भारतीय मात्र होइन, विज्ञानमा विश्वास गर्ने, भविष्य देख्ने र मानवताको लागि समर्पित विश्वभरका मानिसहरू उत्साहले भरिएका छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement