बानरहाट मखमली समाजद्वारा विरोध सभा तथा मौन र्‍याली

image

  

  चमर्चीः केही दिनअघि सिलगढी नजिकैको मटीगढामा एक नाबालिग छात्राको निर्मम हत्याको विरोधमा मखमली समाज बानरहाटको तर्फबाट बानरहाट बजारमा विरोध सभा आयोजना गरिएको थियो। यस विरोध सभामा सबै समुदायका जनताले एकजुट भएर समाजलाई कलङ्कित गर्ने यस घटनाको कडा विरोध गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। कार्यक्रममा समाजसेवी हाजी गुलजार, रेजा करीम, विमल महली, सुकल्याण भट्टाचार्य, डा पार्थ प्रतिम, शरण सेन्चुरी, पुकार लामा, अजय चौधरी, ऋषि खड्का, सीताराम ठाकुर, रविन खवास, कुट्टी नदी, कृष्ण राई, प्रदीप मगर, रतन मगर  वीर कामी लगायत महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । विरोध सभामा विभिन्न वक्ताले यो जघन्य घटनाको घोर भत्र्सना गर्दै मानवताका लागि लज्जास्पद घटना भएको बताए। विरोध सभापछि घटनाको विरोध गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै मौन र्‍याली समेत निकालिएको थियो। उक्त मौन र्‍यालीमा उपस्थित सबैले कालोपट्टी बाँधेर यस घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतक छात्राको आत्माको चिरशान्तिको कामना गरेका थिए। मौन र्‍याली बानरहाट बजार एलआरपी मोड हुँदै घटनाको बिरोधमा मखमली समाज बानरहाटको तर्फबाट थाना प्रभारीलाई ज्ञापनपत्र बुझाइएको छ । मखमली समाजका अध्यक्ष कुमार छेत्री र सचिव राजेश प्रधानले सिलगढी घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा विरोधको प्रक्रिया चलिरहेको बताए। यस्ता घटनाको विरुद्ध समाजका सबै तहबाट विरोध हुनु अत्यन्त जरुरी छ। आज यस विरोध सभा र र्‍यालीमा बानरहाट क्षेत्रका सबै धर्मावलम्बीले जसरी सहभागिता जनाएका छन्, त्यो स्वागतयोग्य छ।  मौन जुलुसमा महिलाहरूले ब्यानर र प्लेकार्ड बोकेर घटनाको विरोध गर्दै हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका थिए। डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement