मतिगढा हत्याको विरोधमा डाकिएको बन्द खरसाङ बजार क्षेत्रमा सफल

IMG-20230826-WA0215.jpg

खरसाङ: मतिगढ़ा घटनाको विरोधमा डाकिएको पहाड़ बन्दले खरसाङ बजारलाई पूर्ण रूपमा प्रभावित बनाएको छ। खरसाङ बजारमा बिहानदेखि दोकानपाटहरू पूर्ण रूपमा बन्द रहेको देखियो। आपतकालीन सेवा जस्तै दबाई दोकानहरू, एटीएम र अन्य केही आपतकालीन सेवाहरूबाहेक सबै दोकान पाटहरू बन्द रहेको देखियो। खरसाङ बजारको सबै क्षेत्रका दोकानहरू बन्द देखियो। मतिगढ़ा घटनाको विरोध गर्दै जनताले साथ दिएको यो बन्दले व्यापक प्रभाव परेको देखिएको छ। तर यो बन्दलाई कुनै राजनैतिक पार्टीले गरेको भन्दा पनि जनताले मतिगढ़ा घटनाको विरोध जनाउँदै साथ दिएको स्पष्ट देखिएको छ।

खरसाङमा पेट्रोल टम्पदेखि स्कूलहरू पनि बन्द थियो भने लोकल ट्याक्सी गाड़ी सेण्डीकेटहरू र खरसाङदेखि दार्जिलिङ जाने सेण्डीकेटहरू बन्द थियो भने खरसाङदेखि सिलगढी जाने खरसाङ मोटर स्ट्याण्डमा रहेको सेण्डिकेट भने खुल्लै रहेको देखिएको छ। तर प्यासेञ्जरहरू भने देखिएन। खरसाङ बजारको रोडमा सरकारी बसहरू मात्रै कुदेको देखियो भने केही आपतकालीन सेवाको गाड़ीहरू र केही आपतकालीन कुराको लागि भने गाड़ीहरू कुदेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement