लगातार वर्षाले कोलकाता र शिल्पाञ्चल क्षेत्रको जनजीवन अस्त-व्यस्त

IMG-20230410-WA0169-11-300x172-17

कोलकाताः कोलकाता महानगर लगायत दक्षिण बंगालको विस्तृत क्षेत्रमा लगातार परिरहेको पानीले जनसाधारणको जनजीवन अस्त-व्यस्त भएको छ। मौसम विभागले शनिवार बताए अनुसार, कोलकातामा मात्र ४९.७ मिलीमिटर वर्षा रेकर्ड गरियो, जुन सामान्यभन्दा धेरै हो। यस कारण बड़ाबाजार, खिदिरपुर, सेन्ट्रल एवेन्यू, दमदम अण्डर पास, कांकुरगाछी तथा अन्य क्षेत्रहरूमा घुॅंडासम्स पानी जमेका छन्। बिहानदेखि पानी जमेकाले मानिसहरूलाई निकै समस्या भइरहेको छ। सड़कमा सामान्य गतिविधि सीमित भएको छ र ट्राफिक जामको स्थिति उत्पन्न भइरहेको छ।

यसैगरी, हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा लगायत दक्षिण बंगालका अन्य जिल्लाहरूमा पनि स्थिति यस्तै छ। यस कारण तापक्रममा पनि ह्रास दर्ता गरिएको छ। अधिकतम तापक्रम २७.५ डिग्री सेल्सियस छ जुन सामान्यभन्दा पॉंच डिग्री कम हो। न्यूनतम तापक्रम केवल २५.६ डिग्री सेल्सियस छ। मौसम विभाग अनुसार, आइतवारसम्म लगातार पानी परिरहने छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि लगातार पानी परिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement