दाजिलिङमा स्कुले बालिकाको हत्याको विरोधमा आज १२ घण्टाको पहाडी बन्द

Screenshot_20230826_165620_WhatsApp.jpg

सिलगढी: माटिगाडामा एक नाबालिग छात्राको निर्मम हत्याको विरोधमा आज विभिन्न संघसंस्थाले १२ घण्टाको पहाडी बन्दको आह्वान गरेका छन्।

आज बिहानैदेखि पहाडका विभिन्न स्थानमा बन्द रहेको छ। प्राय सबै जस्ता पसलहरु बन्द छन्। सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द छन्। सडकहरु सुनसान छन्। सोनादामा भएको बन्द निकै प्रभावकारी देखिएको छ। बन्दलाई साथ दिन विभिन्न राजनीतिक दल तथा स्वैच्छिक संघसंस्थाका सदस्यले सर्वसाधारणलाई अपिल गरेका छन्।

About Author

Advertisement