२६ अगस्तः फिफाले स्पेनिश फूटबल संघका अध्यक्ष लुइस रुबियालेस विरुद्ध अनुशासनात्मक मामिला शुरु गऱ्यो। रुबियालेसले हालै फिफा महिला वर्ल्ड कपको खिताब जितेको खुशीयाली मनाउने क्रममा स्पेनिश टीमका फरवर्ड जेनी हेर्मोसोलाई चुमेका थिए। त्यस घटनालाई केन्द्र गरेर निक्कै विवाद भएको थियो। फिफाको अनुशासनात्मक समितिले के रुबियालेसले सभ्य आचरणको बुनायादी नियमहरूको उल्लंघन गरेका थिए भन्ने हेर्नेछ। यसको साथमा उनको आचरणले फूटबल खेल या फिफा बदनाम भएको छ या छैन भन्ने पनि हेरिनेछ। फिफाद्वारा जारी बयानमा भनिएको छ, हामी सबैको सम्मानको निम्ति प्रतिबद्ध छौं। यसको विपरीत कुनै पनि प्रकारको व्यवहारको हामी कड़ा निन्दा गर्छौं। उल्लेखनीय छ, रुबियालेस यूएफा-का उपाध्यक्ष पनि हुन्। यसबीच रुबियालेसले चाहिँ समस्त आरोपहरूको खण्डन गर्दै स्पेनिश फूटबल संघको अध्यक्ष पदबाट राजीनामा दिन सरासरी अस्वीकार गरेका छन्। रुबियालेसले भने, म आफ्नो आदर्शको रक्षा गर्न बदनाम हुन पनि तयार छु। म यस प्रकारको उत्पीड़नको लायक छुइनँ, जुन अहिले मैले सहिरहेको छु। त्यस समय जे पनि भयो, त्यसको निम्ति म कुनै हिच्किचाहट बिना माफी माग्छु। त्यो चुम्बन सहमतिपूर्ण थियो। यस मामिलामा धेरैले मलाई समर्थन गरिरहेका छन्।