फुवागढ़ीमा फाइभ ए साइड फूटबल टुर्नामेण्ट हुने

IMG-20230826-WA0111.jpg

२६ अगस्तः मिरिक नजिक फुवागढ़ीमा फाइभ ए साइड नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजन गरिने यो टुर्नामेण्ट ९ सेप्टेम्बरदेखि शुरु हुनेछ। फुवागढ़ी लामेटार ग्राउण्डमा हुने यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति ३ सेप्टेम्बर रहेको आयोजकहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement