नाम्चीमा पालन गरियो सहिद दिवस

IMG-20230826-WA0000.jpg

नाम्ची: अखिल सिक्किम भूतपूर्व सैनिक कल्याण सङ्घ, नाम्चीको तत्वावधानमा यहाँको आले डाँडामा ७९औं बलिदान दिवस पालन गरियो। उल्लेखनीय छ, आजको दिन गोर्खा स्वतन्त्रता सेनानी सहिद मेजर दुर्गा मल्लको पुण्यतिथिको अवसरमा बलिदान दिवस पालन गरिने गर्छ। स्थानीय सुवेदार (अवकाशप्राप्त) एससी शर्माको घरमा आयोजित कार्यक्रममा सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक सङ्घका सल्लाहकार हवलदार (अवकाशप्राप्त) केबी बानिया मुख्य अतिथि रहेका थिए। यसरी नै सङ्गठनका सल्लाहकार हरी शङ्कर विशिष्ट अतिथि र अध्यक्ष पवित्र दाहाल अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रमको आरम्भमा उपस्थित सबै भूतपूर्व सैनिकहरूले सहिद मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गर्दै छोटो मार्च पास्ट गरे भने पछि सबैले सहिदको प्रतिमामा खादा-माला गरेर नमन गरे भने अनरेरी कप्तान (अवकाशप्राप्त) पीबी छेत्रीले सहिद दुर्गा मल्लाको जिवनीमाथि प्रकाश पारे। यसै अवसरमा अखिल सिक्किम वीर भूतपूर्ण सैनिक सङ्घद्वारा सहिद सिपाही विशाल गुरुङकी आमा कटेङ, नामथाङ निवासी श्रीमती मनमाया गुरुङलाई अभिनन्दन जनाइयो। यसरी नै गत १५ अगस्तको दिन स्वतन्त्रता दिवस समारोहको अवसरमा पाल्जोर स्टेडियममा खुकुरी नृत्यु प्रस्तुत गर्ने समूहलाई पनि अभिनन्दन जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *