जिल्लापाल ठटालले गरे एफपीओसँग बैठक

IMG-20220708-WA0155.jpg

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज कृषक उत्पादक संगठनको जिल्ला स्तरीय समितिसँग बैठक बैठक गरे। जिल्लापाल ठटालको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा महकुमा अधिकारी डीएर बिष्ट लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले कृषक उत्पादक संगठनले बीउ बिजन पाउनको निम्ति आत्मासँग सम्पर्क गर्नु पर्ने आग्रह गरे। बिउ बिजन केवल पञ्जीकृत प्राधिकरणको मार्फतमात्र प्रदान गरिने उनले जानकारी गराए। बिउ बिजनको गुणतस्तरीय जाँच केवल पञ्जीकृत संस्था आत्माले मात्र गर्न सक्ने जिल्लापलले अवगत गराए। सोही क्रममा कृषि विभागका संयुक्त निर्देशकले आजको कार्यक्रमको विभिन्न पहलुबारे विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर कृषकहरू सम्वन्धि विभिन्न योजनाबारे सचेतना गराउने संस्थाको प्रमुख लक्ष्य र उद्देश्य रहेको उनले अवगत गराए।

About Author

Advertisement