दिलाराममा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट हुने

IMG-20230825-WA0350.jpg

२५ अगस्तः खरसाङ नजिक दिलाराम स्पोर्टिंग क्लबको आयोजनमा ३ सेप्टेम्बरदेखि खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। दिलाराम टी स्टेट फूटबल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति ३१ अगस्त रहेको आयोजकहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement