२५ अगस्तः विश्वका नम्बर एक खेलाड़ी तथा पाँचपल्टका वर्ल्ड च्याम्पियन मेगनस कार्लसनले अन्तमा गएर भारतका १८ वर्षीय ग्राण्ड मास्टर आर. प्रज्ञानन्दलाई फिडे वर्ल्ड कपको फाइनलमा टाईब्रेकरमा पराजित गरी खिताब जिते। अन्य खेलहरूको विपरीत चेस खेलमा वर्ल्ड च्याम्पियनशीपको बाटो वर्ल्ड कप भएर जान्छ अनि पाँचपल्ट वर्ल्ड च्याम्पियन रहे पनि कार्लसनले यसअघि वर्ल्ड कप जित्न सकेका थिएनन्। यसरी चाहिँ उनले खिताब जितेर चेस खेलको सबै प्रतिष्ठित खिताब जित्ने मामिलामा भारतका दिग्गज खेलाड़ी विश्वनाथन आनन्दको बराबरी गरे। अब कार्लसन र आनन्द यस्ता दुईजना खेलाड़ी बनेका छन्, जसले वर्ल्ड च्याम्पियनशीप, वर्ल्ड कप र फिडे केण्डिडेट तीनैवटा खिताब जितेका छन्। यसपाली पनि उनलाई युवा प्रज्ञानन्दले तिरीखिरी पारेका थिए तर अन्तमा उनले आफ्नो अनुभवको फाइदा उठाउँदै खिताब जिते। दिग्गज कार्लसन विरुद्ध दुईवटा ड्र खेलेर वर्ल्ड ऱ्यांकिंगमा प्रज्ञानन्दलाई फाइदा भएको । अब उनी वर्ल्ड ऱ्यांकिंगमा ९ स्थान अघि बढ़ेर २,७२७ पोइण्ट्सको साथ पहिलोपल्ट शीर्ष २०-मा सामेल भएका छन्। यसको साथमा प्रज्ञानन्दले केण्डिडेट्स टुर्नामेण्ट २०२४-मा पनि आफ्नो स्थान पक्का गरे। उनी मेग्नस कार्लसन र बबी फिशरपछि यस टुर्नामेण्टमा पुग्ने तेस्रो सबैभन्दा कम्ती उमेरका खेलाड़ी हुन्।