वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपःपेरिस ओलम्पिकको निम्ति क्वालीफाई गर्न सफल नीरज चोपड़ा

IMG-20230825-WA0334.jpg

२५ अगस्तः भारतका स्टार एथलीट नीरज चोपड़ाले वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा स्थान बनाए। उनले आफ्नो पहिलो प्रयासमै ८८.७७ मीटरको थ्रो गरी फाइनलमा स्थान पक्का गरे। नीरजको साथमा भारतका डीपी मनु र किशोर जीना पनि फाइनलमा पुगे। वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा आफ्नो पहिलो प्रयासमै ८८.७७ मीटरको थ्रो गरी नीरजले आउँदो साल हुने पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरे। पेरिस ओलम्पिकको निम्ति क्वालीफाईंग मार्क ८५.५० मीटर हो, जसलाई नीरजले सजिलै पार गरे। नीरजको साथमा डीपी मनु र किशोरले पनि वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। तीनवटा प्रयासमा मनुको सर्वश्रेष्ठ थ्रो ८१.३१ मीटरको रह्यो, जुन उनले दोस्रो प्रयासमा हासिल गरे। उनले छैटौं स्थानमा रहेर फाइनलमा स्थान बनाए। यसरी किशोर जीनाले नवौं स्थानमा रहेर फाइनलको टिकट हासिल गरे। यसरी अहिले भारतसँग तीनैवटा पदक जित्ने मौका रहेको छ। वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको फाइनलमा स्थान बनाउन कम्तीमा ८३ मीटरको दूरीमा भाला फ्याँक्नु या ग्रुपमा शीर्ष एथलीटहरूमा रहनु जरूरी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement