देशको निम्ति प्राणको आहुति दिने गोर्खाले आजसम्म न्याय पाएको छैन: अजय एडवाडर्स
दार्जीलिङ: देशको निम्ति प्राणको आहुति दिने गोर्खाले आजसम्म न्याय पाएको छैन भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जिलिङको लाडेनला रोडमा भारतीय गोर्खा परिसंघले शहीद मेजर दुर्गा मल्लको सालिग स्थापना गरिएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स शहीद मेजर दुर्गा मल्लको सालिगमा खदा चढाउन आएका थिए।उनीसंग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री,महकुमा समिति अध्यक्ष पूरण तामाङ,दार्जीलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेल लगायत नगरपार्षद एंव नगरपाषर्दिकाहरू साथमा रहेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत उनीसंग आएका सबै पार्टी कार्यकर्ता एंव नगरपार्षदहरू ले शहीद दुर्गा मल्लको सालिगमा खदा चढाए। यसै अवधि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा परिसंघले शहीद दुर्गा मल्लको सालिग स्थापना गरेर ठूलो कार्य गरेको छ भन्ने बताए।

दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड हुँदा शहरको लाडडेनला रोडस्थित क्यापिटल हलको छेउको जमीनमा शहीद दुर्गा मल्लको सालिग स्थापना गर्ने अनुमति प्रदान गरेको थियो भन्ने अध्यक्ष एडवाडर्सले बताए। आफु दार्जीलिङदेखि बाहिर रहेको हुनाले भारतीय गोर्खा परिसंघको कार्यलाई आफुले सहयोगसम्म गर्न नपाएको दु:खेसो पोख्दै आगामी दिनहरूमा भारतीय गोर्खा परिसंघको कार्यमा सक्दो सहयोग पूराउने वाचा पनि अध्यक्ष एडवाडर्सले गरे। उनले भने, गोर्खाहरूले देशको निम्ति प्राणको आहुतिसम्म दिएको छ। तर आजसम्म गोर्खाहरूले न्याय नपाएको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दोहोराएका छन्।