बन्द मैले डाकेको होइन, पीडित परिवारलाई कानुनी सहयोग चाहिए हामी राम्रोभन्दा राम्रो अधिवक्ता दिलाउनेछौं: अनित थापा

IMG-20230825-WA0217.jpg

सिलगढी: सिलगढीमा नहुने घटना भयो। मैले सिलगढीको पुलिस कमिश्नरसँग भेटेर सही जाँच हुनुपर्छ अनि आरोपीलाई कडाभन्दा कडा सजाय पाउनुपर्छ भन्ने मांग राखेको छु। अहिले आरोपिची पुलिस हिरासतमा छ। अब सिलगढी हत्याकाण्डको मुद्दा कानुनी मुद्दा बनेको छ। बन्दना बहिनीहरूले कानुनी सहायता दिनु हुँदै रहेछ। परिवार पक्षलाई यदि कानुनी सहायता चाहिए हामी राम्रोभन्दा राम्रो अधिवक्ता दिलाउने छौं भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज बताएका छन्। उनले भने, ‘परिवार अहिले दुःखमा छन्। अहिले हत्याको प्रतिवादहरु भईरहेको छ। प्रशासनलाई दबाब दिनु ठीक हो।’
बालिका हत्याको प्रतिवादमा जुलुस, शोकसभा राखिएको छ। यसै प्रतिवादको सिलसिलामा २६ अगस्तको दिन दार्जीलिङ पहाड बन्द डाकिएको छ। यसमाथि उनको विचार जान्नु खोज्दा थापाले भने, “म जिम्मेवारी पदमा बसेको व्यक्ति हुँ। मैले निर्णय लिँदा थुप्रै कुराहरूलाई मध्य नजरमा राखेर निर्णय लिनुपर्छ। बन्द मैले डाकेको होइन। मलाई बन्दमाथि कुनै बयान दिनु छैन।”
आज सेभोक बजार खेल मैदान, सिटोङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आयोजना गरेको विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “चुनाव समय जनतालाई दिनु भएको वचन पूरा गर्ने समय आएको छ। आगामी पाँच वर्ष जनताको सेवा गर्नुहोस्। जनताले तपाईहरुको दैलो ढकढ्काउदा तपाईहरुले दैलो खोलेको हुनुपर्छ।”
पट्टा विषय फैलाइएको अफवाह अब जनताले बिस्तारै बुझ्दै आएको छ भन्दै उनले भने, “पर्जा पट्टा सरकारले दिनु खोज्दैछ। धेरैले अफवाह फैलाएर कमानवासीलाई अन्योलतामा पार्नु खोज्यो। तर अहिले कमानवासीले कुरा बुझ्नु थालेका छन्। आज सुन्दैछु कमानवासी आफैले हामीलाई पट्टा देऊ भन्दैछन्। हामीले हराएको कुरा फर्काएर मात्र ल्याउँदैछौं। अघि बढ्ने अब तयारी चल्दैछ। हामी भावनामा मात्र काम गर्नु खोज्छौं। म भन्छु हामी व्यावहारिक हुनुपर्छ। हामी भावुक जाती हौं अनि हाम्रो यही भावनासँग खेल्दैछन्।”

सेभोक बजार खेल मैदानमा आयोजित विजय उत्सव कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापाले क्षेत्रको निम्ति विभिन्न योजनाहरुको शिलान्यास गरे। योजनाहरुमा सिटोङ ३ अन्तर्गत पर्ने १० माइल फरेस्ट बस्तीमा सामाजिक भवन निर्माण ( ₹. ४० लाख १४ हजार) कर्मट बस्तीमा पिउने पानीको योजना (१ करोड २८ लाख), सेभोक हिल्स फरेस्ट मा पिउने पानीको योजना (२ करोड १६ लाख) रहेको छ। त्यसरी नै आई लभ मामरिङ, आई लभ सिटोङ, आई लभ लङ्कू, आई लभ चिम्नी साइनेजको उद्घाटन पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement