२५ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ३/९ जीआर आर्मीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा शुक्रवार भएको म्याचमा ३/९ जीआर आर्मीले ग्यालक्सी सेभेनलाई ४-१-ले पराजित गऱ्यो।

विजेता टीमका स्टपर दामु थापालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।