बन्द कुनै समस्याको समाधान होइन, बरू सबै एकसाथ मिलेर बालिकाको न्यायको लागि आवाज उठाउनुपर्छ: पेम्बा रिपोर्छे

IMG-20230825-WA0327.jpg

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाका बौध्द धर्मगुरू पेम्बा रिम्पोर्छेले बन्द समस्याको समाधान नरहेको बताएका छन्। उनले आफु बन्दको समर्थनमा नरहेको बताएका छन्। उनले मतिगढ़ामा भएको नाबालिक हत्याकाण्डलाई लिएर शनिवार डाकिएको पहाड़ बन्दलाई लिएर आफ्नो प्रतिक्रिया जनाउँदै आफू उक्त बन्दको पक्षमा नरहेको जनाउँदै बन्द समस्याको समाधान नरहेको बताएका छन्‌। रिम्पोर्छेले बालिका छात्राको निधनले आफू स्वयम्‌ मर्माहत बनेको औं उनको आत्मा शान्तिको निम्ति सामी लाखाङ गुम्बामा पूजा अर्चना पनि गरिरहेको जनाउँदै तर उनको निधनलाई लिएर बन्द गरिनु उचित नरहेको बताए। त्यस घटना घटेको केही घण्टामा नै हत्यारालाई पुलिस प्रशासनले पक्राउ गरेकोमा पुलिस प्रशासनको कार्यप्रति आफू सन्तुष्ट बन्दै पुलिस प्रशासनलाई धन्यवाद दिएका छन्‌ भने उनले दोषी व्यक्तिले आवश्य नै कठोर सजाय पाउने आशा व्यक्त गरेका छन्‌। तर बालिकाका हत्यालाई लिएर बन्द गरिनु ठीक नरहेको जनाएका छन्‌। अहिले मौसम पनि भयावह छ। यस्तो स्थितिमा कुनै पनि समय प्राकृतिक दुर्घटनाहरू हुनसक्छन्‌। अथवा बन्द नै कुनै पनि समस्याको समाधान होइन भन्दै रिम्पोर्छेले बरू बन्द गर्नुको सट्टा सबैले एकसाथ मिलेर, गाउँ-बस्ती सबै क्षेत्रबाट विरोध ऱ्यालीहरू हुनुपर्ने, दोषीको कठोर सजायको मांग गरिनुपर्ने भन्दै आफू यस्तो बन्दको पक्षमा नरहेको जनाएका छन्‌। बन्दले कुनै पनि समस्याको समाधान नहुने जनाउँदै बरू सबैले मिलेर नानीको आत्मा शान्तिको निम्ति कामना गरिदिने आग्रह गरेका छन्‌। उनले यदि दोषी पक्रा नपरेको भए बन्द गरेर, नारा, जुलूस गरेर पक्राउको मांग गर्न सकिन्थ्यो भन्दै तर पुलिस प्रशासनको कुशल अनि सक्रियताले चाढ़ै दोषी पक्राउ पऱ्यो भन्दै अब बन्द गरेर कुनै फाइदा नहुने जनाएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement