खरसाङको सन्त मेरिजस्थित एनएच ५५ मा पैह्रो

IMG-20230825-WA0323.jpg

खरसाङ: लगातार परिरहेको पानीले खरसाङको सन्त मेरिज क्षेत्रमा रहेको एनएच ५५ पैह्रोको चपेटमा परेको छ। सन्त मेरिजको होली क्रस स्कूल नजिकमा रहेको एनएच ५५ मा राती पैह्रो गएको जानकारी प्राप्त भएको छ। उक्त पैह्रो गए पनि पैह्रोको एकापट्टि सानो भागबाट गाड़ीहरू भने सुचारू रहेको छ। तर यसरी नै लगातार रूपमा पामी परिरहेको खण्डमा यहाँ भएको एनएच ५५ पूर्ण रूपमा पैह्रोको चपेटमा पर्ने सम्भावना देखिएको छ। अहिले पनि पैह्रोले एनएच ५५ को कतिपय भाग चर्किएको अवस्थामा देखिएको छ।

अहिले रोड बाधित नभए पनि अझ पैह्रो गएको खण्ड रोड वाधित हुनसक्ने सम्भावना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement