टुरिस्ट गाइडहरूलाई लिएर चार दिवसीय प्रशिक्षण शुरू

गान्तोकः आईएचसीएई चेम्चे र पर्यटन अनि नागिरक उड्डयन विभागको संयुक्त पहलमा नाम्चीस्थित चेम्चेमा पर्यटक गाइडमाथि दोस्रो ब्याचका प्रशिणार्थीहरूको निम्ति चार दिवसीय प्रशिक्षण कार्यक्रम शुरू भयो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाईली रहेका थिए भने विशिष्ट अतिथिमा शहरी विकास विभागका अध्यक्ष केबी राई उपस्थित थिए।

आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि रसाईलीले पर्यटन व्यवसायको दायरा र पर्यटन प्रवर्द्धनमा पर्यटक गाइडको भूमिकामाथि प्रकाश पारे। उनले राज्यमा हरेक वर्ष पर्यटकहरूको संख्यामा वृद्धि हुँदै गएकाले पर्यटन उद्योगका लागि गुणस्तरीय सेवा दिनुपर्ने बताए। तसर्थ, राज्यको तर्फबाट राजदूतको रूपमा काम गर्ने पर्यटक गाइडहरू आतिथ्य क्षेत्रमा राम्रो सेवाहरू प्रदान गर्नको निम्ति कौशल हुनुपर्ने बताए।

यसका साथै पर्यटन सेवाको गुणस्तर अभिवृद्धि गर्न राज्य सरकारले पञ्जीकृत भएका पर्यटक गाइड, ट्रेकिङ गाईड लगायत पारिश्रमिक दरलाई परिमार्जन गरी पेशालाई लाभान्वित बनाउने उनले जानकारी दिए। यसबाहेक, राज्य सरकारले वनस्पति विज्ञान, पक्षी अवलोकन, तीर्थयात्री आदिमा विशेषज्ञता हासिल गरेर आफ्नो सीप बढाउन चाहने पर्यटक गाइडहरूको लागि मूल्य बढाउने परिकल्पना गरेको छ। उनले प्रशिक्षण कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई बधाई दिँदै यहाँ सिकाइएको ज्ञानको प्रभावकारीढङ्गमा उपयोग गर्न प्रोत्साहित गरे। सोही प्रकारले काजी शेर्पाले कार्यक्रमको उदेश्य र उदेश्यलाई प्रकाश पार्दै पर्यटकहरुलाई सम्हाल्ने क्षमता अभिवृद्धि गर्ने, सांस्कृतिक पृष्ठभूमि र भ्रमण गन्तव्यको बारेमा जानकारी दिने रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement