गान्तोकः केही दिनदेखि परेको निरन्तर पानीले राज्यको विभिन्न ठाउँमा व्यापक क्षति पुऱ्याएको छ। विशेष गरेर सडक, घर, निजी सम्पति, पानीको पाइप साथै विद्युत प्रवाहमा अवरोध उत्पन्न गरेको छ। यस अन्तर्गत सोरेङ जिल्ला अन्तर्गत विभिन्न ठाउँमा क्षति पुऱ्याएको रिपोर्ट प्राप्त भएपछि जिल्लापाल भीम ठटाल, अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारीहरूले घटनास्थलको भ्रमण गरे।
स्थानी पञ्चायतहरूले पैह्रौ प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरेका छन्। जिल्ला आपदा प्रबन्धन प्राधिकरणले पीडित परिवारलाई राशन, लगायक आवशक सामग्री प्रदान गरेको जानकारी गराइएको छ। यसरी नै पैह्रौस्थलमा यसलाई नियन्त्रण गर्ने उद्देश्यले त्रिपल पनि वितरण गरेको छ। पैह्रौ प्रभावित वार्डका पञ्चायत साथै पीडित परिवारसँग जिल्लापालले अन्तक्रिया गर्दै विभाग सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्। यसरी नै उनले आर्थिक सहयोग शीघ्र प्रदान गरिने बचन दिए।