कोलकाताः केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डाभियाले शुक्रवार पश्चिम बंगालमा स्वास्थ्य सेवाहरूको समीक्षा गरेका छन्। उनले भने, हामी पश्चिम बंगालका सबै नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रतिबद्ध छौं। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार राज्यका सबै नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्नको लागि प्रतिबद्ध छ। राज्य सरकारले पश्चिम बंगालका मानिसहरूको लाभको लागि आयुष्मान भारतलाई धरातलीयस्तरमा लागू गर्नुपर्छ। हामी यो सुनिश्चित गर्नको लागि सबै आवश्यक कदम उठाइरहेका छौं कि राज्यमा स्वास्थ्य सेवाहरू उच्चतम गुणस्तरको होस्।
केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मण्डाभियाले आयुष्मान भारत स्वास्थ्य औ कल्याण कन्द्र, राष्ट्रिय टीबी उन्मूलन कार्यक्रम, राष्ट्रिय स्वास्थ्य मिशन (एनएचएम), प्रधानमन्त्री आयुष्मान भारत, स्वास्थ्य पूर्वाधार मिशन (पीएम-एबीएचआईएम), टेलीमेडिसिन सेवा तथा सिकल सेल एनीमिया उन्मूलन कार्यक्रमको समीक्षा गरे। डा. मण्डाभियाले आयुष्मान भारत स्वास्थ्य एवं कल्याण केन्द्रको उल्लेख गर्दै भने, आयुष्मान भारत स्वास्थ्य तथा कल्याण केन्द्र मानिसहरूलाई उनीहरूको घर नजिकै व्यापक प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने एउटा श्रेष्ठ पहल हो।
डा. मण्डाभियाले भने, राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत पश्चिम बंगाललाई केही संसाधनहरू उपलब्ध गराइएको छ। २८८.७२ करोड़को लागतमा ८०० उपकेन्द्र स्वीकृत गरिएको छ। २७.७५ करोड़को लागतमा दुई शहरी सामुदायिक स्वास्थ्य केन्द्र स्वीकृत भएको छ। १० करोड़ रुपियाँको लागतमा थप ३७ नयाँ शहरी पीएचसी निर्माण हुनेछ। ४०४ आयुष्मान भारत शहरी स्वास्थ्य औ कल्याण केन्द्रहरूलाई स्वीकृति दिइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रीले राष्ट्रिय क्षय रोग उन्मूलन कार्यक्रम औ राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत जारी धनको स्थितिको समीक्षा पनि गरे। उनले भने, भारत सरकार आगामी वर्ष २०२५-सम्ममा क्षय रोगलाई निर्मूल पार्नको लागि प्रतिबद्ध छ। राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत जारी धनको प्रभावकारी ढंगले प्रयोग होस् भन्ने कुरा सुनिश्चित गर्नका लागि सबै आवश्यक कदम उठाइँदैछ।
-हिस