भागोप डुवर्स क्षेत्रिय कमिटीद्वारा बलिदान दिवस पालन

5d961645-2fc3-4cbb-93d1-ebe50d134389

कालचिनीः भारतीय गोर्खा परिसंघ डुवर्स क्षेत्रिय कमिटीको आयोजनामा शुक्रबार कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज फरवार्डनगर स्थित स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस पालन गऱ्यो। यस अवसरमा भागोप डुवर्स क्षेत्रिय कमिटीको सभापति लाक्पा योञ्जन, सचिव कैलाश छेत्री, कोषाध्याक्ष अनिल थापा, कार्यकारी सचिव मोहन विश्व एवम् भागोपको वरिष्ठ सदस्य ललित न्यासुर लगायत विनोद सुब्बा एवम् अन्यान्य विशिष्ट सदस्यहरूको उपस्थिति रहेको थियो।
शहीद मेजर दुर्गा मल्लको सालिकमा माल्यार्पण गर्न अघि राष्ट्रिय ध्वज र भागोपको पताका उत्तोलन गरेपछि शहीद मेजर दुर्गा मल्लको सालिकमा श्रद्धाञ्जली स्वरूप माल्यार्पण गर्दै मोमबत्ती जलाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
यस अवसरममा नै नीट परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई भागोप डुवर्स क्षेत्रिय कमिटीको पक्षबाट सम्वर्द्धना पनि प्रदान गरिएको थियो। भागोप डुवर्स क्षेत्रिय कमिटीको पक्षबाट अनिल थापाले मौसमले साथ नदिए पनि शहीद मेजर दुर्गा मल्लको सालिकमा बलिदान दिवस पालन गरिएको र शहीद मेजर दुर्गा मल्लको उत्सर्ग बारेमा जनसाधारणलाई जानकारी दिईनको साथै गोर्खाहरू देशभक्त अनि इमानदार नागरिक रहेको र देशको स्वाधीनतामा प्रमुख भुमिका निर्वाह गरेको बताईएको जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *