‘मेरो भोइस युनिभर्स अनि मेरो डान्स युनिभर्स’का विजेताहरूलाई रम्फूमा भव्य स्वागत

vv_850-1

गान्तोकः नेपालको राजधानी काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय रियालिटी शो मेरो भोइस युनिभर्सका विजेता प्रितम राई, उप विजेता शिशिर ठटाल अनि मेरो डान्स युनिभर्सको तेस्रो विजेता मिङ्मा डी लेप्चालाई आज राज्यमा भव्यरूपमा स्वागत जनाइयो।रम्फूमा यी तीन कलाकारहरूको निम्ति स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तमाङ अनि उनकी धर्मपत्नी स्वयं उपस्थित थिए। यी तीनै विजेताहरूलाई मुख्यमन्त्री तामाङको बाहुलीबाट दोसल्ला खदा अनि प्रशस्ति पत्र प्रदान गरेर सम्पूर्ण राज्यवासीको तर्फबाट बधाई टक्राइयो।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले अन्तरराष्ट्रिय स्तरमा सिक्किमको नाम रोशन गरेकोमा यी तीनैजना कलाकारहरूलाई सम्पूर्ण सिक्किमवासीको तर्फबाट बधाई दिए। केवल सिक्किमको नाम मात्र रोशन नगरेर कलाको क्षेत्रमा अघि बढ़ेर केही गर्छु भन्ने युवाहरूको निम्ति यी तीनजना उदाहरणको पात्र बनेको पनि उनले बताए। कला अनि संस्कृतिलाई केन्द्र गरेर राज्यमा महोत्सवको आयोजना गरिने पनि मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा घोषणा गरे। अन्तरराष्ट्रिय स्तरमा यी तीन कलाकारहरू विजयी बन्दा कलाको कुनै साँध सिमाना नहुने भन्ने प्रमाणित भएको पनि मुख्यमन्त्री तामाङले बताए। यो क्षण सम्पूर्ण सिक्किमवासीको निम्ति गर्वको क्षण रहेको उनलले बताए। आजको स्वागत समारोहमा मन्त्री एमएन शेर्पा, मन्त्री लोकनाथ नेपाल, मन्त्री बिष्णु कुमार खतिवड़ा, गान्तोकका उप मेयर, मुख्यमन्त्रीका राजनीतिक सचिव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement