कोलकाताः जादवपुर यूनिवर्सिटीमा छात्र मृत्यु मामिलामा पक्रा परेका पूर्व छात्र सौरभ चौधरीलाई अलीपुर कोर्ट ल्याइएको छ। उसलाई शुक्रवार कोर्टमा पेश गरिएको छ। कोर्टमा प्रवेश गरेको समय सौरभले मीडियाको कुनैपनि प्रश्नको जवाफ दिएन। सौरभ पुलिस हिरासतमा छ। जादवपुरमा गांजाको कारोबारलाई लिएर पनि उसलाई मीडियाको प्रश्नहरूको सामना गर्नपऱ्यो तर उसले कुनै जवाफ दिएन।
उल्लेख्य, ९ अगस्त राति जादवपुर विश्वविद्यालयमा प्रथम वर्षको छात्रको मृत्यु मामिलामा १३ जनालाई पक्राउ गरिएको छ। यसबीच जादवपुर विश्वविद्यालयमा गमलामा गांजाको खेती गरिएको कुरा उजागर भएको छ। प्रथम वर्षको छात्रलाई निर्वस्त्र गरी होस्टल घुमाइएको, उसको साथ अप्राकृतिक यौन सम्बन्ध पनि बनाउने प्रयास गरिएको थाहा लागेको छ। पुलिसलाई भ्रमित पार्न सौरभले होस्टलमा छात्रहरूको बैठक पनि गरेको थियो र के भन्नुछ यो पनि बताएको थियो।
-हिस