कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा एक पल्ट फेरि अंगदान भएको छ। यसबाट चार जनाले नयाँ जीवन पाउनेछन्। एक व्यक्ति दुर्घटनापछि ब्रेन डेड भएपछि परिजनहरूले अंगदान गर्ने निर्णय लिएका छन्। मृतक स्वरूपनगर ग्यासपुरको बासिन्दा थियो। जगदीश मण्डल (४८) बाइक दुर्घटनापछि गत दुई दिनदेखि कोलकाताको पीजी अस्पतालमा जीवन-मृत्युबीच लड़िरहेका थिए। बुधवार दिउँसो डाक्टरहरूले उनलाई ब्रेन डेड बताए। ब्रेन डेड भएपनि अन्य अंग ठीक भएको कारण परिजनहरूले मरणोपरान्त जगदीशका अंगहरूलाई दान गर्ने फसेला गरे। आज शुक्रवार जगदीशको हृदय, किडनी, लीवर, त्वचा र कोर्निया निकालेर संरक्षित गरिन्दैछ।
पारिवारिक सूत्रहरू अनुसार, जगदीश कोलकाताको कालीघाट बजारमा एउटा चिकन शपमा सेल्सम्यान थिए। उनको परिवारमा उनकी पत्नी र छोरा-छोरी थिए। उनी सोमवार दोकान बन्द गरी सड़क नाघेर एउटा होटलमा खाना खान गइऱहेका थिए। सड़क नाघेको समय तीव्र रफ्तार बाइक अनियन्त्रित भएर उनीसित ठोकियो र उनी लड़े। चालकले उनको टाउको र हातमाथि बाइक चढ़ाएर भाग्यो। परिणामस्वरूप, उनी गम्भीर रूपमा घाइते भएका थिए। स्थानीय मानिसहरूले उनलाई बचाए औं पीजी अस्पताल लिएर आए। उनको स्वास्थ्य खराब हुँदा उनको क्रिटिकल केयर यूनिटमा उपचार भइऱहेको थियो। लगातार दुई दिनसम्म मृत्युसित जुझेपछि बुधवार दिउँसो डाक्टरहरूले उनलाई ब्रेन डेड घोषित गरे।
-हिस