अल पार्टीको बन्दलाई हाम्रो पार्टीले समर्थन

IMG-20230825-WA0246.jpg

दार्जीलिङ: अल पार्टीले डाकेको पहाड बन्दलाई हाम्रो पार्टीले समर्थन जनाएको छ।हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले पिडित परिवार लाई न्याय दिलाउने हेतुले अल पार्टीले डाकेको पहाड बन्दलाई हाम्रो पार्टीका पूर्ण समर्थन रहेको बताएका छन। पार्टी प्रवक्ता श्याम गौतमले अघि भने गत केही दिन अघि सिलगढीमा हाम्रो गोर्खे चेलीको निर्मम हत्या भएको छ। पुलिस प्रशासनले आरोपीलाई पक्राउ गरी सकेको छ, पुलिस प्रशासनले घटनाको निष्पक्ष जाँच गरेर तीव्र गतिमा न्यायलयमा हेरिङ गरेर आरोपीलाई फाँसीको सजा दिनु पर्छ प्रबक्ता श्याम गौतमले भने।आगमी दिनहरूमा हाम्रो गाउँ ठाउँ क्षेत्रहरूमा यस्तो प्रकारको घटनाहरू फेरि फेरि नदोहोरियोस भन्ने हेतु राजनीति द्वष्किोणदेखि टाडो राखेर भोली शनिबारको बन्दलाई सफल बनाउँनु पर्छ भन्ने प्रबक्ता गौतमले आहवान गरेको छ।हाम्रो छोरी चेलीहरू हाम्रै क्षेत्रमा सुरक्षित छैन त्यसकारण हामीले हाम्रो छोरी चेलीहरूको सुरक्षा हेतु अल पार्टीले २४ घण्टाको पहाड बन्द डाकेको हो।तपाई हामीले राजनीतिदेखि माथि उठेर जातिया सुरक्षाको पक्ष मा भोलीको बन्दलाई सफल बनाउनु पर्छ गौतमले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement