नवदीप परिवार गाडीधुराद्वारा ८०औं बलिदान दिवस पालन

IMG-20230825-WA0244.jpg

खरसाङ: आज खरसाङ खण्डको गाडीधुरास्थित शहीद मेजर दुर्गा मल्लको शालिग परिसरमा नवदीप परिवारद्वारा ८०औं बलिदान दिवस पालन गरिएको छ। क्लबका सभापति गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाडीधुरा वरिष्ट नागरिक संगठनका सदस्यवर्ग, नवनिर्वाचित पञ्चायत सदस्यगण, गाडीधुरा क्षेत्रका संघ संस्थाका प्रतिनिधिगण लगायत नवदीप परिवारका सदस्यगणको उपस्थितिमा रहेको थियो। कार्यक्रममा उपस्थित सबैले शहिद मेजर दुर्गा मल्लको सालिगमा धुप द्विप प्रज्वलन गरी बलिदान दिवस पालन गरिएको थियो। अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रममा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको स्मरण गर्दै एक मिनटको मौन धारण गरेपछि उपस्थित सबैले फूल माला चढयाई दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नागरिक डीके विश्वकर्मले शहीदको सम्झनामा नवदीप परिवारको अथक प्रयासले गाडीधुरामा यो भव्य सालिग अनावरण गरेकोमा सबै सदस्यगणलाई धन्यवाद दिए। यसको साथै सालिग अनावरण गर्नमा सहयोग गर्ने जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यावाद दिएका छन्।

आजको कार्यक्रमबाट हालै सिलगढीको मतिगढयामा एक नाबालिकामाथि भएको घटनाको पनि घोर भर्त्सना जनाउँदै यस अपराधको दोषीलाई कडा सजाय हुने पर्ने मांग गरे। आजको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुने सबैलाई क्लबको पक्षबाट कुनाल छेत्रीले धन्यवाद दिएका छन्। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अनुप रामुदामुले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement