कालचिनी: अधिक गर्मीको कारण स्कूलको कक्षा चलिरहेको बेला आज कालचिनी खण्डको दलसिंहपाड़ास्थित श्रीगणेश विद्यालयको कक्षा १० को एकजना छात्रा सोनिका शर्मा बिहोस बन्दा तिनलाई कालचिनीस्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा उपचारको निम्ति ल्याएको थियो भने ठीक त्यही बेला नै कालचिनी युनियन एकाडेमी गर्ल्सका एकजना कक्षा १० का छात्रा खुसी नाईकलाई पनि अस्पतालमा ल्याईएको थियो। दुवै छात्रालाई श्वास कष्टको समस्या रहेको देखिए तापनि दुवै छात्राले पहिलादेखि कुनै बिमारीको औषधि सेवन गर्दै आइरहेको र आज औषधि समयमा नलिएकोले अचानक बिमार भएको हुनसक्ने चिकित्सकहरूले जनाएका छन्।
यद्यपि दुवै छात्रालाई राम्रो उपचारको निम्ति अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको अस्पताल सुत्रले जनाएका छन्। अत्याधिक तापमान र आद्रता बढ़ेकोले पनि स्कूलका विद्यार्थीहरू अहिले बिमार भइरहेको धेरै ठाउँबाट सुन्नमा आएको अभिभावकहरूले जनाएका छन्।










