खरसाङ: खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको उत्तर शिवखोलामा रहेको खुन्द्रुको बस्तीमा राती काजीमान तामाङको भान्सा घर आगलागीमा जलेर खरानी भएको छ। आगलागीमा परेर भान्सा घरमा राखिएको सबै सर सामानहरू जलेर नष्ट भएको छ। यसको साथै राशन पानी र खाने कुराहरू जलेर नष्ट भएको बताइएको छ।

उक्त आगलागीमा भान्सा घर सबै जलेर नष्ट भएको छ। काजीमान तामाङको परिवारमा जम्मा चारजना सदस्यहरू छन्। उक्त आगलागीको घटनापछि निरीक्षण गर्नलाई चिमनी देवराली ग्राम पञ्चायतको कर्मचारी विनोद तामाङ साथै ग्राम पञ्चायत सदस्य दिपेस थापा पुगेका थिए। पञ्चायत सदस्य दिपेस थापाले पिढीत परिवारसित भेट गरेर सक्दो सहयोग गर्ने वचन दिएका छन्। उनीसित सहयोगीहरू प्रवीग तामाङ, बिजय गोले, करिना राई, निता राई, सुदिप राई, जीवन राई, महेन्द्र राई, दिपेस तामाङ आदि पनि उपस्थित रहेका थिए।

यस घटना विषयमा पञ्चायत सदस्य दिपेस थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।