मतिगढ़ा घटनालाई लिएर तीनधारेमा अखिल भारतीय गोर्खा विद्यार्थी संगठनको आयोजनामा तीनधारेमा विरोध रैली अनि श्रध्दाञ्जली सभा सम्पन्न

IMG-20230825-WA0207.jpg

खरसाङ: मतिगढाको घटनालाई लिएर अखिल भारतीय गोर्खा विद्यार्थी संगठनको आयोजनामा तीनधारेमी सामुहिक रैली र श्रध्दाञ्जली सभा सम्पन्न भएको छ। उक्त रैली तीनधारेको रेलवे कारखानाबाट शुरू भएर एनएच ५५ हुँदै तीनधारे बजार भएर रेलवे स्टेशन परिसरसम्म गएर फर्किएर पुन: तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर श्रध्दाञ्जली सभा सम्पन्न भएको थियो। उक्त विरोध रैलीमा तीनधारे क्षेत्रका विद्यालयहरू तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँड़ा रेणुका कन्या उच्च विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरू साथै शिक्षक शिक्षिकाहरू, विभिन्न समाज, संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

उक्त रैलीमा सबैले गोर्खे चेलीको हत्याराले कठोर सजाय पाउनु पर्ने र परिवार पक्षले न्याय पाउनु पर्ने मांग गरेका छन्। विद्यार्थीहरू र आम जनताले गोर्खे छोरीको न्यायको लागि एकसाथ आवाज उठाएका छन्। रैलीपछि चिल्ड्रेल पार्कमा श्रध्दाञ्जली सभा सम्पन्न भएको छ। उक्त श्रध्जाञ्जली सभामा गोर्खे चेलीलाई मैन बत्तीहरू बालेर श्रध्दाञ्जली अर्पण गरेका थिए। उपस्थित विद्यार्थीहरू र अन्यले श्रध्दाञ्जली अर्पण गरेका थिए। उक्त श्रध्दाञ्जली सभालाई नवराज राईले सञ्चालन गरेका थिए भने सभालाई सम्बोधन गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले गोर्खे छोरीको निर्मम हत्या गर्ने हत्याराले फाँसीको सजाय कि त्योभन्दा ठूलो सजाय पाउनुपर्छ भनी मांग गर्दै गोर्खे छोरीप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले रैली र श्रध्दाञ्जली सभामा उपस्थित तीनधारेका जनता र विद्यार्थीहरूलाई धव्यवाद दिएका छन्। उक्त श्रध्दइजली सभालाई आईएनए मेमोरियल हाई स्कूलको शिक्षक युवराज सुन्दास, विद्यार्थी संगठनबाट प्रयास प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा नवराज राई र प्रयास प्रधानले कविता पठन गरेका थिए।

यस रैली र श्रध्दाञ्जली सभामा तीनधारे क्षेत्रका जनताहरू, भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान केवल राई, पञ्चायत समितिको सदस्यहरू, पञ्चायत सदस्यहरू, अखिल भारतीय गोर्खा विद्यार्थी संगठन तीनधारे महानदी समष्टीको सभापति शुभंकर प्रसाद लगायत विभिन्न क्षेत्रका मानिसहरू उपस्थित रहेका थिए। उक्त रैली र श्रध्दाञ्जली सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी संगठन तीनधारे महानदी समष्टीको महासचिव शुभम प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement