दार्जिलिङ: चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दिप छेत्रीको निजी वाहन दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। निरन्तर रूपमा परेको पानी झरीको कारण गएको पैह्रोको स्थलगत भ्रमण गर्न लिङिया चियाबारी जाने क्रममा लिङिया फ्याक्ट्री नजिकै उनको वाहन बाटोमा पल्टिएको थाहा लागेको छ। भाग्यवंश सभासद छेत्रीको खुट्टामा सामान्य चोट मात्रै लागेको तथा उनीसँग गाडीमा सवार अन्य दुइजनालाई केही नभएको थाहा लागेको छ।










