दार्जीलिङमा शहीद दुर्गा मल्लको सालिग स्थापना
दार्जीलिङ: देशको निम्ति प्राणको आहुति दिने गोर्खाले आजसम्म न्याय पाएको छैन यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। शहरको लाडेनला रोडमा भारतीय गोर्खा परिसंघले शहीद मेजर दुर्गा मल्लको सालिग स्थापना गऱ्यो।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स शहीद मेजर दुर्गा मल्लको सालिगमा खदा चढाउन आएका थिए। उनीसंँग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री,महकुमा समिति अध्यक्ष पुरण तामाङ,दार्जीलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेल लगायत नगरपार्षद एंव नगरपाषर्दिकाहरू साथमा रहेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत उनीसँग आएका सवै पार्टी कार्यकर्ता एंव नगरपार्षदहरूले शहीद दुर्गा मल्लको सालिगमा खदा चढाए। यसै अवधि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा परिसंधले शहीद दुर्गा मल्लको सालिग स्थापना गरेर ठूलो कार्य गरेको छ भन्ने बताए। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड हुँदा शहरको लाडडेनला रोड स्थित क्यापिटल हलको छेवको जमीनमा शहीद दुर्गा मल्लको सालिग स्थापना गर्ने अनुमति प्रदान गरेको थियो भन्ने अध्यक्ष एडवाडर्सले बताए।आफु दार्जीलिङदेखि बाहिरो रहेको हुनाले भारतीय गोर्खा परिसंघको कार्यलाई आफुले सहयोगसम्म गर्न नपाएको दुखेसो पोख्दै आगमी दिनहरूमा भारतीय गोर्खा परिसंघको कार्यमा सक्दो सहयोग पूराउने वाचा पनि अध्यक्ष एडवाडर्सले गऱ्यो। तिनले अघि भने गोर्खाहरूले देशको निम्ति प्राणको आहुतिसम्म दिएको छ तर आजसम्म गोर्खाहरूले न्याय नपाएको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दोहोराए।









