सिलगढी: सिलगढी सहित पूरै उत्तर बंगालमा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सिलगढीका धेरै क्षेत्रमा पानी जम्मा भएको छ। विशेषगरी अशोक नगर क्षेत्र डुबानमा परेको छ। थोरै पानी परे पनि काममा जान घुँडासम्म पानीमा हिड्नु पर्ने नगरवासीको आक्रोश छ।

नगरनिगमलाई पटक–पटक भनिदिए पनि हालसम्म कुनै समाधान हुन सकेको छैन। यद्यपी सिलगढी नगरनिगमका मेयर गौतम देवले अशोकनगरको पानीको समस्या छिट्टै समाधान हुने आश्वासन दिएका छन्। अब यो कहिले हुने हो, अशोकनगरका जनता पर्खिरहेका छन्।










