पूर्व अमेरिकी राष्ट्रपतिद्वारा जर्जिया जेलमा आत्मसमर्पण, बेलमा रिहा

00-1-Donald-Trump

जर्जिया: अमेरिकाकापूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन्। सन २०२० जर्जिया चुनावको परिणाम उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पूर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन्। उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको बेलमा रिहा गरिएको थियो। यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए।

यस वर्ष पूर्व राष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो। समाचारअनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेल बाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए। पूर्व राष्ट्रपतिका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए। यसअघि ट्रम्पले सन् २०२० मा हुने चुनावलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए। सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनाव परिणाम उल्टाउने षड्यन्त्रसहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ। स्मरण रहोस, उनी २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवार बनेका छन्। तर, अदालतमा उनको उपस्थिति निकै छोटो हुने सम्भावना छ। फुल्टन काउन्टी अभियोजन पक्ष ट्रम्प विरुद्धको चौथो आपराधिक मुद्दा हो, जब उनी अमेरिकी इतिहासमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *