गजल     

00-1-Gazal-1-2

पुग्न नसकेको पूर्ण कमाइ हो मेरो

सधै जीवन घटाइरहने बगाई हो मेरो।

बग्नु त बग्नु नै पर्ने खोलाको धर्म हो

बगेर फर्किने खै कस्तो र्फकाइ हो मेरो।

पुग अपुग भइरहन्छ रहरका बुँदाहरू

मनभरिको उकुसमुकुस भरपाई हो मेरोl

विवश छ रकम बिना उपचार आमाको

यही लाचार अधुरो सच्चाई हो मेरो।

खै अर्काले के बुझोस यो मनको सपना

सपनालाई सापट माग्ने पर्खाइ हो मेरोll

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *