आलिया-कृति सेनन बने उत्कृष्ट अभिनेत्री

00-1-Alia-Kriti-Sanon

अल्लु अर्जुन उत्कृष्ट अभिनेता, आलिया भट्ट र कृति सेनन उत्कृष्ट अभिनेत्री बने। ६९औँ राष्ट्रिय चलचित्र पुरस्कार २०२३ का विजेताहरूको घोषणा हुँदैछ। हिन्दी सिनेमाको हिसाबले यी अवार्डहरू धेरै ठूलो मानिन्छ।

उत्कृष्ट फिचर फिल्म- रकेटरी – द नाम्बी इफेक्ट्स

उत्कृष्ट अभिनेता- अल्लु अर्जुन (पुष्पा द राइज)

उत्कृष्ट निर्देशन- निखिल महाजन (मराठी फिल्म) गोदावरी

उत्कृष्ट अभिनेत्री- आलिया भट्ट (गंगुबाई काठियावाडी) कृति सेनन (मिमी)

उत्कृष्ट सहअभिनेत्री– पल्लवी जोशी (कश्मीर फाइल्स)

उत्कृष्ट सहायक अभिनेता- पंकज त्रिपाठी (मिमी)

उत्कृष्ट संगीत निर्देशन- पुष्पा र आरआरआर

उत्कृष्ट पोशाक डिजाइनर– सरदार उधम सिंह

उत्कृष्ट प्रोडक्सन डिजाइन– सरदार उधम सिंह

उत्कृष्ट सम्पादन– गंगुबाई काठियावाडी

उत्कृष्ट कोरियोग्राफी- आरआरआर

उत्कृष्ट छायांकन- सरदार सिंह

उत्कृष्ट पुरुष गायक- काल भैरव (आरआरआर)

सरदार उधम सिंह बेस्ट फिचर हिन्दी फिल्म

विक्की कौशल स्टारर फिल्म सरदार उधम सिंहले राष्ट्रिय फिल्म अवार्ड २०२३ मा ठूलो सफलता हात पारेको छ। यो चलचित्र सर्वोत्कृष्ट हिन्दी फिचर फिल्मको रुपमा छनोट भएको छ। जसलाई सुजित सरकारले निर्देशन गरेका हुन्। ६९औँ राष्ट्रिय चलचित्र अवार्डमा निर्देशक सृष्टि लाखेराको एक थाँ गाँउ सर्वोत्कृष्ट गैर-फिचर फिल्म घोषित भएको छ। चलचित्र निर्माता नेमिल शाहको गुजराती चलचित्र दाल भातले यस वर्षको उत्कृष्ट सर्ट फिल्म फिक्शनको विशेष अवार्ड पाएको छ। यस पटकको राष्ट्रिय चलचित्र अवार्ड २०२३ को निर्णायक समितिमा यतिेन्द्र मिश्र, केतन मेहता, नीरज शेखर, बसन्त साई र नानु भासिन रहेका छन्। यो अवार्ड यस पटक ३१ फिचर, २४ गैर फिचर, ३ वटा उत्कृष्ट लेखन विधामा प्रदान गरिने छ। जुन सन् २०२१ को फिल्ममा आधारित हुनेछ। राष्ट्रिय चलचित्र पुरस्कार कला, संस्कृति, सिनेमा र साहित्यको क्षेत्रमा उत्कृष्ट काम गर्ने कलाकारलाई प्रदान गरिन्छ। देश स्वतन्त्र भएपछि कलाकारलाई प्रोत्साहन गर्न शुरु गरिएको हो। यी अवार्डहरू पछाडीको उद्देश्य राम्रो चलचित्र निर्माणलाई प्रोत्साहन गर्नु पनि थियो। अवार्डलाई फिचर, नन-फिचर र सिनेमामा उत्कृष्ट लेखन गरी तीन विधामा बाँडिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *