ब्रिक्स विस्तारबाट बहुध्रुवीय विश्व व्यवस्था सुदृढ़ हुनेछः प्रधानमन्त्री

n531249918169290268300081e47ebb063fbd40fae3cb7ee0fd5a8dad792ccff56174330b0baae1a719fe70.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्समा सदस्यको रूपमा छः नयाँ देशहरूलाई सामेल गरिएकोमा स्वागत जनाउँदै भनेका छन्, यसबाट संगठन सुदृढ़ हुनेछ साथै बहुध्रुवीय विश्व व्यवस्थामाथि अन्य देशहरूको विश्वास कायम हुनेछ।

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आयोजित १५औं शिखर सम्मेलनमा मोदीले भने, अन्य धेरैवटा देशहरू पनि ब्रिक्समा सामेल हुनको लागि इच्छुक छन्। संगठनमा यी देशहरूलाई सहयोगी देशको रूपमा सामेल गर्दा खुसी हुनेछ। यी देशहरूलाई सामेल गर्ने सन्दर्भमा मतैक्य कायम गर्नमा भारतले सहयोग गर्नेछ। भारत सदैवदेखि नै ब्रिक्स विस्तारको समर्थक रहिआएको छ तथा निश्चित योग्यता, मानदण्ड तथा प्रक्रियामाथि आज साझा समझ स्थापित भएको छ।

उल्लेखनीय छ, ब्रिक्सको वर्तमान अध्यक्ष देश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले १५औं ब्रिक्स शिखर सम्मेलनको जोहान्सबर्ग घोषणा जारी गर्दै समूह विस्तारको घोषणा गरे। ब्रिक्समा छःवटा देशहरूलाई सामेल गरिएको छ। यी सबै नै आगामी १ जनवरी, २०२४-देखि समूहको सदस्य हुनेछन्। यसमा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, अफ्रिकाबाट मिस्र र इथोपिया तथा पश्चिमी एशियाबाट ईरान, सऊदी अरब र यूएईलाई सामेल गर्ने फसेला लिइएको छ।

प्रधानमन्त्रीले ब्रिक्स शिखरवार्ताका धेरैवटा सकारात्मक परिणामहरू अघि आएको ठहर गर्दै अघि भने, नयाँ सदस्यहरू सामेल भयो भने ब्रिक्स सशक्त हुनेछ र हाम्रा साझा प्रयासहरूलाई बल प्राप्त हुनेछ। मोदीले भने, ब्रिक्सको विस्तारलाई अघि राख्दै अन्तरराष्ट्रिय संस्थाहरूमा पनि समय अनुरूप सुधार आउनुपर्छ। बितेको शताब्दिमा स्थापित अन्तरराष्ट्रिय संगठनहरूको कानून बनाउनको लागि ब्रिक्सको पहल एउटा उदाहरण बन्नसक्छ।

उनले चन्द्रयान-३ को सफल अभियानलाई भारत मात्र नभएर विश्वभरिकै निम्ति एउटा उपलब्धि बताए। उनले भने, दुनियाँभरिका वैज्ञानिकहरूको लागि यो एउटा गर्वको विषय हो। चन्द्रयान अभियानको सफलताको गुञ्ज ब्रिक्स शिखर सम्मेलनमा सुनियो तथा विभिन्न देशका नेताहरूले उनलाई बधाई दिएका छन्। उनले बधाई सन्देशको लागि सबैलाई आभार व्यक्त गरे।

शिखर सम्मेलनसितै बिहीवार ब्रिक्स अफ्रिका आउटरिच औ ब्रिक्स प्लस डायलगको आयोजन पनि गरियो। मोदीले भने, ब्रिक्स र सहयोगी देशहरूले बहुध्रुवीय विश्व व्यवस्थालाई सुदृढ़ बनाउनमा सहयोग गर्नसक्छन्। अफ्रिकासितको भारतको पुरानो सम्बन्धको उल्लेख गर्दै उनले भने, आज भारत अफ्रिकाको चौथो सबैभन्दा विशाल व्यापारिक अंशदार भएको छ साथै पाँचौ सबैभन्दा ठूलो निवेशक पनि। अफ्रिकामा भारतका १६ नयाँ दूतावासहरू खोलिएका छन्।

उनले अफ्रिकाका संघर्षरत् क्षेत्रहरूमा भारतका शान्ति रक्षकहरूको भूमिकालाई लिएर पनि चर्चा गरे। उनले भने, अफ्रिकाका विभिन्न देशहरूमा शान्ति बहाली गर्ने प्रयासमा ४४०० भारतीय रक्षक तैनाथ छन् जसमा महिलाहरू पनि सामेल छन्। भारतले आतंकवाद औ समुद्री डकैती विरोधी अभियानमा अफ्रिकी देशहरूसित मिलेर काम गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement