मिशन इन्द्रधनुषमाथि जिल्ला टास्क फोर्सको सभा सम्पन्न

IMG-20230824-WA0291.jpg

गान्तोक: मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा मिशन इन्द्रधनुष, डिवर्मिङ र निरन्तर खोपलाई लिएर जिल्ला टास्क फोर्ससँग बैठक गरे। बैठकमा मंगन जिल्ला अस्पतलका सीएमओ, शिक्षा विभागका उपनिर्देशक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै डा. तारा गौतमले वर्ष २०२३ को लागि जिल्ला टास्क फोर्स टिकाकरणबारे संक्षिप्तमा जानकारी गराइन्। विशेष गरेर उनले उनले एमआर एलिमिनेशन विषयको सन्दर्भमा एमआर सहित ३ मापदण्डको बारे कुरा राखइन्, जसमा दादुरा र रुबेला खोप कभरेज, गैर-दादुरा गैर-रुबेला रहेको बताइन्। उनले थप जानकारी गराए अनुसार गत अप्रेल महिनादेखि जुलाई महिनासम्मको रिपोर्ट राम्रो रहेको र यो आंकडा जिल्लामा लगाइएको टिकाकरण सम्वन्धि रहेको थियो। बैठकमा इन्द्रधनुष मिशन अन्तर्गत तीन महिनाभित्रमा तीन पल्ट टिकाकरण गरिनेछ। गत ७ अगस्तदेखि १२ अगस्त, ११ सेप्टेम्बरदेखि १६ सेप्टेम्बर र ९ अक्टोबरदेखि १४ अक्टोबरसम्म लगाइने छ। साथै उनले राष्ट्रिय जुका दिवसको पनि उल्लेख गरिन्।

उनले पहिलो चरण १० मार्चमा भएको र दोस्रो चरणको खोप २४ अगस्तमा लगाइने तय भएको बताइन्। यस कार्यक्रमका लागि लक्षित लाभार्थीहरू १-१९ वर्ष उमेरका छन्, भने विशेष गरेर विद्यालय र आंगनवाड़ी केन्द्रहरूलाई केन्द्रित गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement